एजेन्सी । भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हो ।

चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ ।

कागारौल गाउँमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन नै गायब थियो ।

पुलिस कमिस्नर डा. प्रितीन्दर सिंहका अनुसार एटीएम मेसिनमा २९ देखि ३० लाख नगद थियो । उनले आसपासका क्षेत्रमा चेकजाँच कडाइ गरिएको र नाकाहरुमा निगरानी बढाइएको जानकारी दिँदै चोरहरू चाँडै पक्राउ पर्ने बताए ।

 

 

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com