काठमाडौं । गायिका ज्योति मगर पुष १७ देखि २० गतेसम्म इलामको माइ नगरपालिका(१, बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेपछि पछारिएकी छिन् ।

यतिबेला ज्योति मगर नाच्दानाच्दै स्टेजमा पछारिएको भिडिओ भाइरल भईरहेकोछ। उक्त घटना भएको देखेपछि अर्की गायिका एलिना चौहानले दुःख व्यक्त गरेकी छिन।

उनले आफ्नो सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै व्यस्तताका कारण भिडिओबारे ढिलो थाहा पाएको बताएकी छन्।

कलाकार भएपछि दर्शकलाई रुझाउन गाह्रो हुने भएकाले लडेको कुरालाई लिएर मजाक नबनाइदिन उनले सबैलाई अनुरोध गरेकी छिन।

उनले लेखेकी छन्,- ‘सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केहि कमजोरी देखिएछ जसका कारण दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’
‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा दर्शक रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मज्जाले महसुस गर्न सक्छु,’ उनी थप्छिन्, ‘उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला।’

‘सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मन पराउनु हुन्न,’

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com