काठमाडौँ । भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् ।

मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए ।

उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

बङ्गलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् । मगुराको पश्चिमी सहरमा अवामी लिग पार्टीबाट उम्मेदवार बनेका शकिब १ लाख ५० हजार मतान्तरले विजयी भएका हुन् ।

शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बङ्गलादेश काँग्रेसका रेजल हसनले ४५ हजार मत पाए

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com