गोरखा –गोरखामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको छ । जन्ती आएर चितवन फर्कँदै गर्दा दुर्घटना भएकाे हो ।

बा १४ च ७८१ नम्बरको जीप बेलुकी सिरानचोक गाउँपालिका ५ आरुबोटेको फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएकाे प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

घटनास्थलमा केहीबेरअघि प्रहरी टाेली पुगेको छ भने मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको एसपी खनालले बताए ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com