काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अमेरिकी अधिकारीहरु नेपाल आउनु खतराको संकेत भएको बताएका छन्।

एमसीसी सम्झौता अनुमोदनपछि  अमेरिकी सहायक विदेशमन्त्री, उपविदेशमन्त्री, सांसदहरु, तथा विभिन्न  अमेरिकी अधिकारी हरु नेपाल भ्रमणमा लर्को लाग्नु शंकास्पद रहेको उन्ले बताए।                                 एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लाग्नु त्यस माथी पनि  तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया पनि नेपाल आउँदै गरेको भन्दै उनले भने, ‘यो, नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त? एमसीसीको एउटा परिणाम। स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो?’                                                एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएकोमा पनि उनले आपत्ति जनाए। के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् र भन्दै उनले भने -‘यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।’उनले अनुमोदनबारे पठाएको पत्र पनि सार्वजनिक गर्न माग गरेका छन्।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com