काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।
नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
प्रकाशित मिति: २८ पुस २०८०, शनिबार
प्रतिक्रिया