एजेन्सी । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् ।  केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् ।

उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन् । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् ।

थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् ।

८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् । ‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुर्व्यवहार गरियो । शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो’, उनले भनेकी थिइन् ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com