काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो।

गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागिएको हो ।

साइवर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ । महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरूलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

गएको वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरूले देखाएका छन् । यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए ।

 

कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्ने हुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdEBjPoyyichbQvEH8w4gv18xyEXoRN-IS7qjuSCngESadKcQ/viewform

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com