काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो।
गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ।
मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो।
पहिलो चरणको खोजीका क्रममा गाडी भित्र मानिस फेला नपरेको देखिए पनि पुन: दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ माघ २०८०, मंगलबार
प्रतिक्रिया