काठमाडौं । एनआइसी एसिया बैंकका कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको फेक ह्याट्सएप खाता खोली दुरुपयोग भएको छ।

कार्यकारी अधिकृत न्यौपानेले आफ्नो फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ९८२७६३३४२५ मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोली आफ्नो तस्बिर राखेर दुरुपयोग भएको उनले जनाएका छन्।

‘रोशन कुमार नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरूपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरू र सर्वसाधारणमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।

उक्त नम्बरमा कल गर्दा एक महिलाले यस बारेमा आफूलाई थाहा नभएको र रोशन सरको नम्बर होइन भन्दै फोन आइरहेको बताएकी छन्।

रोशन सरको नम्बर होइन यो भनेर सोध्दा उनले भनिन्, ‘नाइ रोशन सर चिन्दिन म। अघि पनि एक जना दाइले रोशन सर रोशन सर भन्नु भएको थियो। उहाँले ह्याक गरेर चलाएको थियो भन्नु भएको थियो।

रोशन दाइले चलाएकी कले चलाए थाहा भएन।’ उनले आफूलाई ह्वाट्सएप चलाउन समेत नआउने बताएकी छन्। उनले आफ्ना श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेको र आफू नपढेकोले राम्रोसँग मोबाइल चलाउनसमेत नआउने बताएकी छन्।

केही दिन पहिले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको थियो।

गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरि उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको र राष्ट्रबैंकका एक कार्यकारी निर्देशकसग रकम माग गरिएको बैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com