काठमाडौं । दैलेखको भैरवी गाउँपालिका– ४ को गडजिउलामा बस्दै आएको राउटे समुदायकी एक बालिकाको उपचार अभावमा ज्यान गएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गाको बिहीबार राति मृत्यु भएको हो ।

बालिका एक महिनादेखि बिरामी थिइन् । राउटे समुदायसँग निकट भएर काम गरिरहेका अभियन्ता लालबहादुर खत्रीले प्रभावकारी उपचार अभावमा ज्यान गएको बताए । दुर्गा हरिबहादुरकी एक मात्र छोरी थिइन् । उनक दुई छोरा छन् । गडजिउलामा बस्दै आएका राउटे समुदाय शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुइयातडामा बसाइँ सरेका छन् ।

पछिल्ला वर्ष राउटे समुदायको जनसंख्या घट्दै आएको छ । अहिले राउटेको संख्या एक सय ३७ छ । यसमध्ये बालबालिकाको संख्या ६५ छ । फिरन्ते जीवन बिताउने राउटेमा पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । ‘चिसो बढेसँगै राउटे समुदायमा समस्या बढ्दै गएको छ । चिसो भुइँमा रात कटाउनुपर्ने अवस्थाका कारण स्वास्थ्य समस्या बढेको छ । बालबालिका झन् बढी समस्यामा छन्,’ खत्रीले भने ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com