एजेन्सी । केही महिना अघि दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बन्यो । यस मामिलामा प्रहरीले दोषी व्यक्तिलाई समातेको छ । दिल्ली प्रहरीले रश्मिकाका डिपफेक भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ ।

जानकारीका अनुसार आरोपी २३–२४ वर्षका पुरुष हुन् । नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो ।

रश्मिकाको भिडियो पछि आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डिपफेक भिडियो भाइरल भएको थियो ।

आरोपीलाई आन्द्र प्रदेशबाट पक्राउ गरिएको छ । गएको वर्ष नोभेम्बर ६ मा सामाजिक सञ्जालमा रश्मिका जस्तै देखिने एक युवतीको भिडियो भाइरल बन्यो । पछि सो भिडियो डिपफेक प्रविधिले बनाएको र भिडियोमा देखिएकी युवति रश्मिका नभएर बेलायती इन्फ्लुएन्सर जारा पटेलको शरीरमा रश्मिकाको अनुहार जोडिएको थियो । ‘एनिमल’ अभिनेत्री रश्मिकाले आफ्नो नक्कली भिडियो भाइरल बनेपछि प्रविधिको गलत प्रयोगबारे चिन्ता व्यक्त गरेकी थिइन् ।

प्रहरीका अनुसार रश्मिकाको डिपफेक मामिलामा ५०० भन्दा धेरै सामाजिक सञ्जाल एकाउन्टमाथि छानबिन गरेका थिए । कयौँ राज्यमा खोजबिनपछि ई नवीन नामक गरेका पुरुषलाई आन्ध्र प्रदेशको गुन्टुरबाट समातेका थिए । नवीन रश्मिकाका फ्यान थियो ।

उनले अभिनेत्रीलाई हानी पुर्‍याउन नभएर पैसा र फलोअरको लोभले भिडियो बनाएका थिए । आरोपीले चेन्नईबाट इलेक्ट्रोनिक्स तथा दूरसञ्चारमा बी टेक गरेका थिए । नवीनले रश्मिकाको साथसाथै साउथका अरू दुई सेलिब्रेटीको फ्यान पेज चलाउँछन् ।

मनिटाइजेशनमार्फत पैसा कमाउन र फलोअर बढाउन उनले युट्युबबाट एडिटिङ सिकेर डिपफेक बनाएका थिए । बलिउडका ठुला स्टारहरूले भिडियो ट्विट गरेर कारबाहीको माग गर्न थालेपछि डराएर नवीनले भिडियो र फ्यान पेज डिलिट गरिदिए ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com