काठमाडौं । एक भारतीय टेलिसिरियलमा नेपालमा रहेको विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार गरिएको छ।

भारतीय टेलिभिजन जी टीभीमा प्रसारण हुने ‘कैसे मुझे तुम मिल गए’ नामको टेलिसिरियलमा सगरमाथालाई भारतको भनेर भ्रम छरिएको हो।

सिरियलको नयाँ एपिसोडमा एक महिलाले युवकलाई सामान्य ज्ञानको प्रश्न सोधेकी छन्, ‘भारतको सबैभन्दा अग्लो पहाडको नाम के हो?’जवाफमा ती युवकले भनेका छन्, ‘माउन्ट एभरेस्ट (सगरमाथा)।’जसलाई सही उत्तर मानेर सिरियलमा सहभागीहरूले ताली बजाउँछन् ।

यसरी गलत प्रचार गरेपछि उक्त टेलिसिरियल यतिबेला विवादमा तानिएको छ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com