काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

विमानस्थल कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रवार गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेका छन् ।

प्रहरीले त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकृत र प्रमुख अध्यागमन अधिकृत तथा कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि शुक्रबार दिउँसो हातपात गरेको थियो ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com