अर्थमन्त्री जनार्दन शर्माले देशमा के कारण ले गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताए ।
गरिबी हुनुमा कहिले र कहाँ त्रुटि भयो भन्ने बारेमा अडिट गर्नु पर्ने भन्दै यसको सही ढङ्गले अडिट गर्न सकेमा गरिबि अन्त्य गर्न सकिने उनको धारणा थियो ।

देशको आर्थिक स्थिति कस्तो छ भनेर लेखा क्षेत्रले नियालेमा सबै कुरा अभिव्यक्त हुने भन्दै लेखा व्यवसायीले इमानदारीपूर्वक सरकारी, निजी र गैरसरकारी संस्थाको अडिट गर्नुपर्ने बताए ।
प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै उनले व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको पनि अडिट हुनुपर्ने बताए । ‘त्यस्तो अडिट गर्न हामीले सकेनौँ भने समृद्धि आउँदैन,’ शर्माले भने, ‘बाँझो जमिन र कृषि उत्पादनको पनि अडिट गर्नुपर्ने समय आएको छ ।’

बाँझो जमिन बढ्दै गएको र खाद्य बस्तु आयात गर्नु पर्ने स्थिती पैदा भएको भन्दै उनले भने -‘लेखा व्यवसायीहरूले बाँझो जमिन बढ्दै जाने र खर्बौँको खाद्यवस्तु आयात किन हुन्छ भनेर खोज्नुपर्ने समेत बताए ।
देशको सम्पत्ति खोज्ने समय पनि आइसकेको भन्दै उनले भने ‘हिमाल, नदी र झर्नाको  मूल्य कति हो भनेर खोज्नुहोस् । हाम्रा युवाहरूको मूल्य कति हो ? ‘यी प्रत्येक कुराको अडिट गर्नुपर्ने समय आएको उनले बताए ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com