नेकपा एमाले तर्फका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापित ले बालेन शाह लाई फेरि अर्को आरोप लगाएका छन् ।बालेनले सामाजिक सञ्जालमा आफ्नो फोटो राखेर लौरीमा भोट हाल्नु भन्दै प्रचार गरेको उनको आरोप छ ।

काठमाडौं वडा नम्बर १० का बासिन्दासँग नयाँ बानेश्वरस्थित अल्फाबिटामा आज अन्तर्क्रिया मा बोल्दै उनले बालेन ले गर्न नहुने काम गरेको भन्दै राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिनु नहुने उनको भनाई थियो । उनले भने, ‘एउटा कोठामा बसेर पाँच/सात सय मोबाइलबाट घाँटीसम्म टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर केशव स्थापितलाई जिताऔं, लौरोमा छाप हालौं भन्छ कस्तो बेवकुफ रैछ।यस्तो गर्न पाइन्छ ?’

आफ्नो फोटो राखेर लौरोमा छाप हालौं केशव स्थापितलाई जिताऔं भन्दै प्रचार गरेको उनले बालेन लाई आरोप लगाए । उनले भने, ‘हामीले पनि बालेनको फोटो राखेर लाल्टिनमा भोट हालौं भन्यो भने के हुन्छ? यस्तो अपराध गर्न हुन्न।’

यसैले आफुले बालेनलाई ठगी नगर भनेको थिएँ भन्दै उनले भने ‘ यस्तो चल्दैन काठमाडौंमा। गाउँमा ठग्न पाइन्छ होला। यहाँ हातहातमा मोबाइल छ। ‘केही समय अघि स्थापितले परिचय खुलाएर आउन पनि बालेनलाई आग्रह गरेका थिए।यसै विषयमा उनले भने -‘केशव स्थापितको पुस्ता नै काठमाडौंले चिन्छ,’ उनले भने, ‘मेयरमा भोट माग्ने हो भने परिचय खुलाएर आउनुपर्‍यो नि! केशव स्थापित भन्यो भने म २० पुस्ता खुलाउन सक्छु।’

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com