काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीले आफुलाई कुनै फरक नपरेको बताए ।

स्थापित को टिप्पणीले झन  आफूलाई फाइदा पुगेको बताउँदै
झनै  स्थापित आफ्नो ब्राण्ड एम्बेसेडर बनेको महसुस भइरहेको बताए ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले आफुलाई  ‘केशव स्थापित लाई जिताउँ, लौरो मा भोट हालौँ ।’ भनेर प्रचार गरेको आरोप लगाएको भन्दै  आफू लाई त्यसरी प्रचार गर्न जरुरी नभएको बताए । उनले भने, ‘त्यसरी प्रचार गर्न हामीलाई जरुरत  छैन, कुनै मिम बनेका हुनसक्छन् । त्यसबारे जानकारी छैन ।’

स्थापितले शाहसँग दुई घन्टा चिया भेट भएको र खिचापोखरीबारे सोधेको भनेको विषय मा पनि हालसालै स्थापितसँग कुनै कुराकानी नभएको बताए । उनले भने – ‘चार महिनाअघि उम्मेदवारी दिने प्रारम्भिक छलफलकै सिलसिलामा उहाँसँग भेट भएको हो, तर त्यस्तो विषयमा कुनै कुराकानी भएको थिएन । त्यतिबेला अन्य पार्टीका नेताहरुसँग पनि त्यसै गरी भेट गरेर छलफल भएको थियो ।’

स्थापित ले आफु बिरुद्द गरेका कुरा हरुले आफ्नो राम्रो नै भैइरहेको बताउँदै उनले भने – ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ , ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्रान्ड एम्बेडेसर बन्नु भएको छ ।’

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com