काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ।
थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पताल भर्ना गरिएको हो।
जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीहरुलाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार
प्रतिक्रिया