एजेन्सी । रुसको शिक्षा तथा विज्ञान मन्त्रालयले हालै एक जना जीव विज्ञलाई बर्खास्त गरेको छ । अवैज्ञानिक अभिव्यक्ति दिएपछि रसियन एकेडेमी अफ साइन्सेजकमा इन्स्टिच्युट अफ जनरल जेनेटिक्सका निर्देशकलाई बर्खास्त गरिएको हो । जेनेटिशिष्ट अलेक्जान्डर कुदर्याभ्त्सेभलाई सन् २०२१ को जुनमा मात्रै सो संस्थामा निर्देशक नियुक्त गरिएको थियो । उनको कार्यकाल सन् २०२७ सम्म थियो ।

तर गएको महिना शिक्षा तथा विज्ञान मन्त्रालयले उनलाई पदच्युत गरिदियो । उनको बर्खास्त गएको वर्ष मार्चमा तेस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक तथा धार्मिक सम्मेलनमा दिइएका विवादास्पद अभिव्यक्तिहरूसँग सम्बन्धित रहेको बताइएको छ । बाइबलमा वर्णन गरिएको विनाशकारी बाढी आउनु अघि मानव ९०० वर्षसम्म बाँच्थ्यो भन्ने दाबी ती वैज्ञानिकले सम्मेलनमा गरेका थिए ।

मौलिक, पैतृक र व्यक्तिगत पापका कारण त्यसयता मान्छेको आयु घट्दै आएको पनि उनले बताएका थिए । पापले मान्छेको जिनलाई प्रभावित बनाउने, बिरामी पारिरहने अभिव्यक्ति पनि उनले दिएका थिए । वैज्ञानिकले सम्मेलनमा उपस्थित दर्शकहरूले पापले सात पुस्तालाई पिरोल्ने भन्दै पाप नगर्न चेतावनी दिएका थिए । अलेक्जान्डरको अभिव्यक्तिहरूमा वैज्ञानिक तर्क छैन । उनले बाइबलमा पढेको कुरा भनेका थिए ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com