काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट झन्डै २ करोड वटा कन्डम भित्रिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ९८ लाख ९० हजारभन्दा धेरै वटा कन्डम आयात भएको हो ।
यो सङ्ख्याको कन्डम आयातमा नेपालबाट १२ करोड ९१ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ सङ्ख्याको कन्डम भित्रिँदा राज्य कोषमा २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार
प्रतिक्रिया