काठमाडौं । सगरमाथा आरोहण गर्ने मानिसले अब आफ्नो दिसा आधार शिविर (बेस क्याम्प) हुँदै फिर्ता ल्याउनुपर्ने भएको छ ।

आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको भन्दै सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको हो ।

आरोहणकर्तालाई आधार शिविरमा दिसा विर्सजनका लागि एउटा झोला दिइने र फर्कने बेला उक्त झोला फिर्ता ल्याए/नल्याएको चेकजाँच हुने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बताए ।

 

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com