काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २७ महाबौद्दमा पसलभित्र राखिएको जाडोमा लगाउने सर्ट (कपडा)को एक बण्डल नगरप्रहरीले चोरेको घटनाप्रती महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले पीडितलाई सान्त्वना दिँदै सामान फिर्ता दिने प्रतिबद्धता जनाएका छन्।

पीडित ‘जय माता पाथिभरा ट्रेडर्स’का संचालिकाले महानगरपालिकाकै बद्नाम गराउने त्यस्ता चोर प्रहरी कर्मचारीलाई कार्वाही हुनुपर्ने माग राखेकी छन्। उनले महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेसँगको कुराकानीमा नगर प्रहरीले चोरेको सामान फिर्ता गरेर मात्र नहुने, उक्त कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक रहेको बताएकी छन्।

नगरप्रहरीको एक कर्मचारीले काठमाडौंको महाबौद्धस्थित ‘जय माता पाथिभरा ट्रेडर्स’ भित्रबाट १ बण्डल जाडोमा लगाउने सर्टको बण्डल चोरेको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो। उक्त भिडिओ सामाजिक संजालमा भाईरल भईरहेको छ।

महाबौद्दमा हिजो (शनिबार) दिउँसो ४:२० बजे नगरप्रहरीले पसलभित्र राखेको सर्ट चोरेको थियो। यसरी पसलभित्र राखेको सर्ट चोरेको सिसिटिभी फुटेज बाहिरिएपछी नगरप्रहरीको उक्त घृणित कार्यको चौतर्फी आलोचना भईरहेको छ।

 

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com