डोटी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी देखि चिनको ताक्लाकोट जोेड्नका लागि द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुगेका मन्त्री आले डोटी पनि पुगेका थिए ।

डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेका मन्त्री आलेले त्यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा जुनसुकै हालतमा भए पनि कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङकाे उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताएका हुन् ।उनले भने , ‘कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म जोड्न द्रुतमार्ग निर्माणका लागि पहल चालेको छु, मैले उक्त सडक निर्माण गरेरै देखाउँछु ।’

उनले उक्त सडक निर्माणका लागि आफूले एसियाली विकास बैंक (एडीबी)सँग पहल चालेको पनि बताए ।
यसले यहाँ को विकास कार्य पनि सहज हुने भन्दै उनले भने -‘ कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म सडक जोडिए चिनका पर्यटकहरु पनि सुदूरपश्चिम आउन सहज हुन्छ । र उता भारतका पर्यटक पनि आउने भएकाले पर्यटकहरु यहाँ भित्रयाउन सके यहाँको विकास पनि सहज हुन्छ ।’ यस्तै, मन्त्री आलेले आफू मन्त्री भएपछि विगतका सुदूरपश्चिमका विकास निर्माणका लागी बजेट पनि कम आउने र काम कम हुने स्थिती को अन्त्य गरेर बाँकी रहेका सबै विकासका काम पनि पूरा गरेर देखाउने दाबी गरे ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com