रासस । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो ।

केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो । सुहानीको सेक्टर १५ फरीदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिनेछ ।

आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ । उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे। उनीबिना दंगल अधुरो हुन्थ्यो । सुहानी तिमी सधैँ हाम्रो मनमा स्टार रहनेछौँ।’

सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com