‘ तेरो दाइ म्यादी भईसक्या छ ’ भन्दै टिकटकमा भाइरल बनेका बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोर पक्राउ परेका छन्।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक जेसी शाह का अनुसार किशोर आफू म्यादी नभएर म्यादीमा भर्ती भएका फूपूका छोरा, १९ वर्षीय पूरण भट्टराई नभएको बेला उनको पोशाक लगाएर दुरूपयोग गरेको अनुसन्धान बाट खुलेको छ ।                                  कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
‘म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको हुँदा हामीले दुबै जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘टिकटकमा भिडिओ भाइरल भए पछि हामीले खोजेर पक्राउ गरेका हौं।’

किशोरले केही दिन अघि म्यादी प्रहरी को पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।
सोमबार पक्राउ परेका ती किशोर हरु माथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लागेको बताईएको छ ।

 

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com