काभ्रे – काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा बस र जीप ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।                                       काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप मङ्गलटार भन्ने स्थानमा एक आपसमा ठोकिएका हुन् ।                              दुर्घटनामा परी ज्यान गुमाउने हरुमा पाँचै जना जीपका यात्रु  सबै नेपाली रहेको र उनिहरु को परिचय खुलिसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले बताए ।मृत्युु हुनेमा सिन्धुलीकाे कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् भने रामेछापकाे खाँडादेवी गाउँपालिका ८ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा सङ्गीत रहेका  छन् ।                                       घाइते १८ मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर हरुको धुलिखेल अस्पताल मा उपचार भइरहेको डीएसपी खतिवडाले बताए ।प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com