रुकुम । रुकुम पश्चिम को त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।           आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हो। झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडीमा पनि तोडफोड भएको छ । रा १ च १२६२ नम्बरको अध्यक्ष पदका उम्मेदवार चढेको जीप तोडफोड भएकाे हो ।
‘नुवाकाेट प्रहरी चौकीमा थोरै जनशक्ति भएकोले झडप नियन्त्रणमा लिन गाह्रो भएको छ । ‘जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । जिल्लाबाट थप सुरक्षाकर्मी झडप भएकाे स्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com