चितवन– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहालले चितवनको भरपुरमा ठुलै विकास गरेको दाबी गरेका छन् ।
पाँच वर्षमा भएको विकासले रेनु देशकै एक नम्बर मेयर बन्न सफल भएको भन्दै उनि एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने दाबी गरे ।                                                        आज बिहीवार चितवनको भरतपुरमा भएको संयुक्त आमसभामा बोल्दै उनले पछिल्लो पाँच वर्षम रेनु ले आफ्नो कामले भरतपुरको स्वरूप नै फेरिदिएको भन्दै रेनु ले फेरि पनि जित्ने दावी गर्दै उनले भने- ‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’
रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्ने भन्दै देउवाले भने ‘बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसकाे बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो ।’
साथ साथै अहिले काङ्ग्रेस पनि सबै मिलेर रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने पनि उनको भनाई थियो ।

 

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com