एजेन्सी । इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ।

शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र सह–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।

दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो । धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ । आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।

केन्दारीबाट विमान उडेपछि कमान्डमा रहेका पाइलटले पनि आराम गर्न अनुमति मागे र सेकेन्ड–इन–कमान्ड पाइलटले विमानको कमान्ड हातमा लिए । करिब ९० मिनेटपछि सेकेन्ड–इन–कमान्ड पाइलट पनि निदाए । जाकार्ताको एरिया कन्ट्रोल सेन्टरले विमानसँग सम्पर्क गर्न खोज्दा कुनै पाइलटले जवाफ दिएनन् । अन्तिम ट्रान्समिशन रेकर्ड भएको २८ मिनेटपछि बल्ल कमान्डमा रहेका पाइलट ब्युँझिए अनि विमान गलत बाटोमा गइरहेको महसुस गरे ।

त्यसपछि उनले को–पाइलटलाई पनि उठाएर र एसीसीसँग कुरा गरे । रिपोर्टमा पाइलटहरूको नाम खुलाइएको छैन । पाइलटहरू दुवै इन्डोनेसियन नागरिक भएको बताइएको छ । एक जनाको उमेर ३२ र अर्को पाइलटको उमेर २८ वर्ष भएको बताइएको छ । सेकेन्ड–इन–कमान्ड पाइलटका एक महिनाका जुम्ल्याहा बच्चा छन् ।

राति बच्चाको स्याहारका लागि बारम्बार उठ्नुपर्ने भएकोले पनि उनी राम्ररी निदाउन पाएका थिएनन् । यस घटनाबारे छानबिन गरिने भएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com