राप्रपाले आफ्नो पार्टीबाट मोरङको बेलबारी नगरपालिकामा मेयरको उम्मेदवारी दिएका खेमराज गौतमको सवारी साधनमाथि आगजनी गर्नेलाई हदैसम्मको कारबाही को माग गरेको छ ।                                गएराति गौतमको घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा पेट्रोल छर्केर आगजनी भएको थियो।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीय ले बताए ।

आज विज्ञप्ति मार्फत राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उम्मेदवारको गाडीमा आगजनी गरिएको उक्त घटना दु:खद र निन्दनीय भएको बताउँदै सिसिटिभी फुटेजमार्फत गाडीमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भईसकेको र  पक्राउसमेत परिसकेको अवस्थामा निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरि हदैसम्मको कारबाहीको माग गरेका छन् ।साथ साथै उनले निश्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com