काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको गठबन्धनको पक्षमा मतदान गरे देश र जनताले पछुताउनुपर्ने बताएका छन्।                          सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको गठबन्धन लाई प्रतिगामी को संज्ञा दिँदै यस्तो बताएका हुन् ।            अध्यक्ष नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुकाे विकल्प नरहेको दाबी गर्दै देशकाे भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि प्रतिगामी तत्व लाई पराजित नगरे देश खतरा मा जाने भन्दै उनले भने -‘प्रतिगामी कित्तामा उभिएकाहरूको पक्षमा मत खसाल्नुभयाे भने पछि तपाईँले पनि पछुताउनुपर्नेछ ।’                                               देशलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ देशकाे विकास गर्ने उद्देश्यका साथ सत्तारूढ दलहरूले पालिका चुनावमा गठबन्धन गर्नुपरेको तर्क दिँदै उनले भने -‘यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने अहिले देशमा दुइटा गठबन्धन  छ । प्रगतिशील गठबन्धनकाे पक्षमा लाग्ने कि प्रतिगामीकाे पक्षमा ? प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरूको पक्षमा मतदान गर्नुहोस् ।’

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com