काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरू सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैँले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।

सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रूपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’

शान्ति समाजले उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको जिकिर गरेको छ ।

यसैगरी नेपाली काँग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस् भन्ने सौदाबाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com