काठमाडौं । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।

यससँगै सिरिज आयरल्यान्डले २-१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com