काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन्।

संसद् भवनअगाडि मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

‘समाचार आएपछि पुग्यो! तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा!,’ उनले भने, ‘हेडलाइनमा एउटा प्रश्न राखेर..! ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने?,’ उनले भने।
उनले पत्रिकाले छाप्नेबित्तिकै दोषी ठहर नहुने बताए।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com