काठमाडौँ । नेपाली काँग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निर्णय गरेको छ ।

आज बसेको बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।

काँग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, काँग्रेसले गृह मन्त्रीलाई बोल्न नदिने पार्टीका एक नेताले जानकारी दिए ।

यदि भोलिकै बैठकमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको तर्फबाट भनाइ राख्ने र संसद् अवरुद्ध गर्ने तयारी गरिएको ती नेताको भनाई छ ।

आज बसेको बैठकमा इलाम-२ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com