रामेछाप :रामेछाप नगरपालिका वडा नं ५ मा एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका छन्। स्थानीय चुनावको प्रचार प्रसार  घरदैलो कार्यक्रमकमा  रहेका नेपाली काङ्ग्रेसका कार्यकर्ता दानबहादुर तामाङ माथी  कुटपिट भएको हो ।

कुटपिटबाट घाइते भएका दानबहादुर तामाङको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको बताईएको छ ।  उनले प्रहरी चौकी रामेछापमा जायरी दर्ता गराएका छन्।

गए राती एमाले कार्यकर्ताको समूहले उनलाई कुटपिट गरेर घाइते बनाएको काँग्रेस नेता तीर्थ तामाङले बताए ।हारको मनस्थिति भएपछि एमाले कार्यकर्ताले अराजकता देखाएको उनको भनाई थियो ।
घटनाको जानकारी प्राप्त हुने बित्तिकै प्रहरी टोलीलाई घटना स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com