काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले गत २७ गतेको आन्दोलनका क्रममा आइल्याण्डमा क्षति पुगेको भन्दै २ सय २२ रुपैयाँ तत्काल तिर्न पत्र मार्फत राप्रपालाई ताकेता गरेको थियो।

‘महानगरले प्रतिशोधका आधारमा हामीलाई पत्र पठाएको हाम्रो ठहर हो। हामीले त्यो रकम तिर्दैनौ’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँका साथै फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ ९१० बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

महानगरले आन्दोलनकारीहरूले गतिविधिले आइल्याण्डमा क्षति पुगे ठहर गर्दै उक्त जरिवाना तत्काल तिर्न राप्रपा कार्यालयमा पत्र पठाएको थियो।

 

 

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com