काठमाडौं । सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति दिएकी चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल छ ।

उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल रमाइलो लागेको बताएकी छन् । भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ । उनलाई भाषा सिकाउन नेपाली प्रहरीले पनि सघाएका छन् ।

भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरुसँग साह्रै खुशि लाग्यो । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि भनेकी छन् ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com