दैलेख -दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवालले चुनावी प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।                         आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङ अबस्थामा रहेको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा राति आगजनी भएको हो।आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको बताईएको छ ।                                          गाडीमा कसैले आगो लगाएको हो या आफैं लाग्न पुगेको हो भन्ने बारेमा पुष्टि भइनसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।यसबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com