काठमाडौँ । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।

बागमती मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com