काठमाडौं । आफूमाथि हुने सम्भावित धरपकड रोक्न माग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

आफ्नो नागरिकता छानविनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेका हुन् ।

आफूले सञ्चालन गरेको सञ्चारमाध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोस्साहित गर्न खोजिएको भन्दै उनले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय, धनुषालाई विपक्षी बनाएका छन्।

 

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com