काठमाडौँ । लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै यति एयरलान्सका क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’

सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com