काठमाडाैँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि गैर कानुनी धरपकड हुनसक्ने भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा अदालतले गृह मन्त्रालयसँग जवाफ माग गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सिरोहियाले सोमबार सर्वोच्च अदालतमा गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध प्रतिषेधको रिट दायर गरेका थिए । रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको थियो।

अदालतले धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषालाई पनि कारण देखाउ आदेश जारी गरेको छ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com