काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पारसले आफ्नो भनाइ राखेका हुन् । विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको उनको गुनासो छ।

‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन्।

नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको भन्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने उल्लेख गरेका छन्।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com