नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ।
राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा विपक्षी गठबन्धनका नेता केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो।
केजरीवालका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उनको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा व्याख्या गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्ने बताएका हुन्।
प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया