वासिंटन । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ।

‘श्री रिक स्लेम्यानको आकस्मिक निधनले मास जनरललाई गहिरो दुःख लागेको छ, उहाँको निधन हालैको प्रत्यारोपणले भएको हो भन्ने हामीसँग कुनै संकेत छैन’, बोस्टन अस्पतालले एक विज्ञप्तिमा भनेको छ।

विश्वमा पहिलोपटक मार्चमा म्यासाच्युसेट्सको जनरल अस्पतालका सर्जनहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए। सो समयमा उनी ६२ वर्षका थिए। र, अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए। ‘स्लेम्यानलाई विश्वभरमा असंख्या प्रत्यारोपण रोगीहरूका लागि सधैं आशाको किरणका रूपमा हेरिने छ र जेनोट्रान्सप्लान्टेसनको क्षेत्रलाई अगाडि बढाउने उहाँको विश्वास र इच्छाप्रति हामी अत्यन्त आभारी छौं’, अस्पतालको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com