काठमाडौं । गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ र उनको ग्लुकोजको मात्रा न्युन रहेको किटोन बडी बनेको बताइएको छ  । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेको शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले जानकारी दिए।

अस्पताल आए पनि डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com