काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरे ।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबी गरे । उनले कांग्रेसका नेताहरुपिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरु संसदीय छानबिन गर्न तयार नहुने बताए । बिहीबारको संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अब कुनै हालतमा संसदीय छानबिन समिति नबन्ने बताए ।

उनले भने, ‘अब छानबिन समिति बन्दैन । कुनै हालतमा बन्दैन ।’ उनले नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवासहित उनकी पत्नी आरजु राणा र छोरा जयवीर देउवाको फाइल खोल्न तयार भएमा मात्रै रास्वपा आफ्ना सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न तयार हुने बताए । उनले भने, ‘के कांग्रेस तयार छ देउवा आरजु र जयवीरको फाइल खोल्न? अब कांग्रेस आफ्ना सबै पदाधिकारीको फाइल खोल्न तयार भएमा मात्रै हामी पनि आफ्ना सभापतिविरुद्ध संसदीय समिति बनाउन तयार हुनेछौँ ।’

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com