धनुषा -धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँ लाई नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्।                                      राप्रपा वडा सदस्यका उम्मेदवार मियाँ सहित उनको परिवारका सात जना सदस्य माथि आक्रमण भएको बताईएको छ ।उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि
एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति मार्फत उक्त घटनाको घोर भत्सर्ना गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरि दोषीलाई कडा भन्दा कडा कारबाही गरि घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com