काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलको सगरमाथा आरोहणमात्रै नभएर सीमाको अनुगमन पनि रहेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले बताएका छन्।

सगरमाथा आरोहण गरेर सशस्त्र हेडक्वाटर हल्चोक फर्केका पौडेललाई स्वागत गर्दै आइजिपी अर्यालले सीमाको अनुगमन समेत भएको बताएका हुन्।

इन्स्पेक्टर पौडेललाई जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्दै आइजिपी अर्यालले भने, ‘यो सगरमाथा आरोहण मात्र होइन । सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनको लागि सीमा अनुगमन पनि हो ।’

अर्यालका साथै एआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई स्वागत गरेका थिए । सशस्त्र प्रहरीको इतिहासमा सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन्।

आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सीधै प्रधान कार्यालयमा ल्याइएको थियो ।
सोही अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेललाई सङ्गठनको तर्फबाट आइजिपी एपीएफ कमेन्डेसनद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा पौडेलले सगरमाथाको शिखरमा फहराएको सङ्गठनको झन्डा पनि अर्याललाई हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com